टेलिकम टावरमा कुकर बम बिस्फोट
सिन्धुली | चैत २, २०८०
सिन्धुली: सिन्धुलीमा नेपाल टेलिकमको एक टावरमा अपरिचित समुहले बम बिस्फोट गराएको छ । सिन्धुलिको सुनकोसी गाउपालिका १ दुम्जा स्थित बिपीपार्क नजिक आज बिहान बम बिस्फोट भएको वडा अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहान तीन बजेतिर बिस्फोटको आवाज आएपछी प्रहरी चौकी दुम्जालाइ जानकारी गराइएको थियो । सो सम्बन्धी प्रहरीले अनुसन्धान गर्दा कुकर बम बिस्फोट भएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रबत्ता डिएसपी चिरञ्जीवी दाहालका अनुसार दुम्जास्थित बिपि पार्कमा रहेको एनटिसीको टावरमा केही पड्किएको जस्तो आवाज आएको भन्ने खबर आएसङ्गै प्रहरी चौकी दुम्जाको टोली पुगेको थियो ।
एनटिसीको टावर रहेको कम्पाउण्ड भित्रको झ्यालमा अपरिचित समुहले कुकर बम बिस्फोट गराएको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरी प्रबत्ता दहालका अनुसार कुकर बमले टावरको कम्पाउण्डको झ्यालमा सामान्य क्षती पुगेको छ ।
टावरको कम्पाउण्ड भित्र दुइओटा पेट्रोलको गन्ध आउने बोतल फेला परेको छ भने जनमुक्ती सेना नामक पर्चा फेला परेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

